विनोद चौधरी र स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित

विनोद चौधरी र स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका एकमात्र अर्वपति विनोद चौधरी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले नेपाली कांग्रेस महासमिति सदस्यमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले दुवै जनालाई महासमिति सदस्यमा मनोनित गरेका हुन् ।

महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानमा उल्लेख छ । सोही विधानअनुसार सभापति देउवाले दुवै जनालाई महासमिति सदस्य मनोनित गरेका हुन् ।

यसअघि मंसिर २८ गते पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि महासमिति सदस्य मनोनित गरेका थिए ।

उनीहरु काठमाडौंमा जारी महासमिति बैठकमा सहभागीसमेत भएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

Logo