गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा

गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रिय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीले धर्म निरपेक्ष गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलनमा होमिन आह्वान गर्नु परेको बताए ।

उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।
पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने तयारी पनि गरेको छ ।

अध्यक्ष किरातीले महाधिवेशनको तयारीका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताए ।

Logo