योगेश भट्टराईले घरभाडा बाफतको सबै रकम फिर्ता गर्ने

योगेश भट्टराईले घरभाडा बाफतको सबै रकम फिर्ता गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले घरभाडा वाफत लिएको लिएका सबै रकम राज्यलाई फिर्ता गर्ने भएका छन् । काठमाडौंमा घर भएरपनि संसद सचिवालयबाट घर भाडा लिईरहेको समाचार सम्प्रेशण भएपछि भट्टराईले सबै रकम राज्यलाई लिर्फा गर्ने बताएका हुन् ।

उनले उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संसद सचिवालयको गल्तीका कारण यस्तो भएको दावी गरे । उनले भनेका छन्, ‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।’

उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।

घर भाडाबाफत आफ्नो नाममा २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको ९० हजार फिर्ता गर्न वा आफ्नो अर्को महिनाको पारिश्रमिक कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् ।

आफु लामो राजनीतिक यात्रामा हिँडेको भन्दै कुनै गैरकानुनी तथा गलत आचारणका कार्य नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

Logo