कम्युनिष्ट सरकारबिरुद्ध कांग्रेस नेताहरुको आक्रोस : महासमिति बैठकमा कसले के भने ? ( भिडियो सहित )

कम्युनिष्ट सरकारबिरुद्ध कांग्रेस नेताहरुको आक्रोस : महासमिति बैठकमा कसले के भने ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि सुरु महासमिति बैठकको उद्घाटनसत्रको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटनसत्र पछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुनेछ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनित महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक पुस ३ गते सम्म चल्ने छ । शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो ।

कांग्रेस महासमिति , तारानाथ रानाभाट

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे पुर्वमहामन्त्री रानाभाटले विगतमा राणासंग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हुदै गएको भन्दै त्यसबारे गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता औल्याउनु भएको हो । मुलुकका ठुला ठुला राजनीतिक परिर्वतनमा ठुलो योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुदै गएको भन्दै उहाँले त्यसको गम्भीर समिक्षा गरिनुपर्ने बताउनुभयो । आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर हुदै गएको भन्दै उहाँले पार्टी भित्रका सबै विकृतिको अन्त्य महासमिति बैठकले गर्न सक्नुपर्ने बताउनुभयो ।

कांग्रेस महासमिति, विश्वप्रकाश

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकता सहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताउनुभएको छ ।

शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्घाटनसत्रलाई सम्बोधन गदैं प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरि एकताको संदेश सहितको देश बनाउने प्रतिवद्धताको संदेश दिन सक्नुपर्ने बताउनुभएको हो । महासमितिले दिने संदेशबारे मुलुकभर चासो भएको भन्दै उहाँले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले महासमितिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौं भन्ने प्रतिवद्धता सहित १५ बर्ष भित्र लगातार तीन वटा निर्वाचन जितेर मुलुकलाई सम्वृद्ध बनाउछौं भनी संकल्प गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ठ सत्तारुढ दलकै कार्यकर्ता ,मधेसी, जनजाती लगायत सबैलाई आशा पलाउने गरि महासमिति बैठकले संदेश दिनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारौं नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठक मार्फत सकारात्मक संदेश दिन सक्नुपर्ने तर्क उहाँको थियो । ‘मैले जवाफ दियो भने बुद्धीजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले नेपाली कांग्रेसले कार्लमाक्सले छोडेर गएको दर्शन नभई जननेता विपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई वदल्ने सार्मथ्य राख्ने बताउनुभयो । नेपाल कांग्रेस समय अनुकुल आफुलाई बदल्ने संकल्पमा रहेको भन्दै त्यसमा आवद्ध हुन पनि उहाँले आग्रह गर्नुभयो । उद्घाटन सत्रको सभापति शेर बहादुर देउवाले विरुवामा जल सिंचन गरेर उद्घाटन गर्न भएको थियो । कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसको एक दशकका तस्वीरहरु पनि सार्वजनिक गर्नुभएको थियो ।

कांग्रेस महासमिति बैठक अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताउनुभएको छ ।

शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य केसीले गुटउपगुटको अन्त्य नभएसम्म कम्युनिष्टसंग लड्न नसकिने भन्दै उहाँले विगतमा भएका गल्तीबारे विना पुर्वाग्रह समिक्षा गरिनुपर्ने बताउनुभयो । गुटउपगुट भन्दा पनि विधि, नीति र संस्थागत निर्णय गर्ने आधारशिला तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विवेक बन्दकी नराखी लोकतान्त्रिक पद्धतिबाट साझा निर्णयमा पार्टीको नेतृत्व जानुपर्ने उल्लेख गर्दे उहाँले महासमितिका सदस्यहरुबाट नेता होइन नीति, व्यक्ति होइन विचार र शक्ति होइन सत्यको पछाडि लाग्छु भन्ने संकल्प सहितको प्रतिवद्धता आउनुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रको संरक्षण लोकतन्त्रवादी नेपाली कांग्रेसबाट मात्रै हुन सक्ने भएकाले त्यसका लागि पार्टी एकता अत्यावश्यक रहेको औंल्याउनुभयो । स्वच्छाचारी ढंगले पार्टी चल्न नसक्ने भन्दै उहाँले हरेक पदाधिकारीहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने पद्धती बसाल्नुपर्ने बताउनुभयो । गुट उपगुटकै कारण ३३ केजी सुन काण्ड र वाईडवडी खरिद लगायतका भ्रष्टाचार विरुद्ध प्रतिपक्षी दलको आवाज बुलन्द हुन नसकेको भन्दै उहाँले एकताको सवाललाई महासमिति बैठकले निर्णायक विन्दुमा पुर्याउनुपर्ने उल्लेख गर्नुभयो । महासमिति बैठकले कम्युनिष्ट सत्तासंगको संघर्षको रणनीति बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कांग्रेस महासमिति ,रामशरण महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताउनुभएको छ ।

शनिबारदेखि काठमाण्डौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महतले विना पुर्वाग्रह आन्तरिक समिक्षा गर्दै सबैमा आशा जगाउने गरि महासमिति बैठकले एकताको संदेश सहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताउनुभएको हो । प्रतिपक्षी दलको भुमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आईपुगेको भन्दै आत्मसमिक्षा सहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताउनुभयो । पद र व्यक्ति तथा गुट भन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान सरकारबाट निरास बनेकालाई आशा जगाउने गरि महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उहाँले गर्नुभयो । उहाँले पुन सत्ताको नेतृत्वमा पार्टीलाई पुर्याएर मुलुकलाई सम्मुन्नत विकासको बाटोमा लैजानका लागि पार्टी भित्र पुर्नजागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

गम्भीर छलफल र विचार विमर्श गरि नितिगत निर्णय लिने सवालमा महासमिति बैठक महत्वपुर्ण फोरम भएकाले सबै देशबासीलाई आशा जगाउने अवसरको रुपमा यसको प्रयोग गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । हेरौं भिडियोमा :

Logo