नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि शुरु भएको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् । "/>

कांग्रेसको महासमिति बैठकमा कसले के भने ?

कांग्रेसको महासमिति बैठकमा कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि शुरु भएको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् ।

सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काङ्ग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रुपमा अघि सार्दै आएको छ । काङ्ग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरिरहेका छन् ।

बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन् । मञ्चको अग्रभागमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कुलबहादुर गुरुङ, नरहरि आचार्य, सुजाता कोइरालालगायतका नेता रहेका छन् ।

बैठकको प्रवेशद्वार अगाडि नेपाली काङ्ग्रेसको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण घटनाक्रमसँग सम्बन्धित नेताहरुको तस्वीर अवलोकनका लागि राखिएको छ । बैठकमा उपसभापति निधिले राजनीतिक, महामन्त्री डा कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन ।

पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्नेछ । २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो ।

कसले के भने ?

बैठकमा बोल्दै नेता कृष्णप्रसाद सिटौलाले सरकार बिरुद्ध जनमत बनाउने बेला आएको बताएका छन् । यस्तै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका पुर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

रानाभाटले विगतमा राणासंग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हुदै गएको भन्दै त्यसबारे गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता औल्याए  । मुलुकका ठूला ठूला राजनीतिक परिर्वतनमा ठूलो  योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुदै गएको भन्दै उनले त्यसको गम्भीर समिक्षा गरिनुपर्ने बताए । आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर हुदै गएको भन्दै उनले पार्टी भित्रका सबै विकृतिको अन्त्य महासमिति बैठकले गर्न सक्नुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकता सहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताएका छन् । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरि एकताको संदेश सहितको देश बनाउने प्रतिवद्धताको संदेश दिन सक्नुपर्ने बताए । महासमितिले दिने संदेशबारे मुलुकभर चासो भएको भन्दै उनले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे । उनले महासमतिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौ भन्ने प्रतिवद्धता सहित १५ बर्ष भित्र लगातार तीन वटा निर्वाचन जितेर मुलुकलाई सम्वृद्ध बनाउछौ भनी संकल्प गर्नुपर्ने आवश्यकता औल्याए ।

पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ठ सत्तारुढ दलकै कार्यकर्ता ,मधेसी, जनजाती लगायत सबैलाई आशा पलाउने गरि महासमिति बैठकले संदेश दिनुपर्नेमा उनले जोड दिए । ‘सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारौ नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठक मार्फत सकारात्मक संदेश दिन सक्नुपर्ने तर्क उनको थियो ।

उनले ‘मैले जवाफ दियो भने बुद्धीजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा पनि उनले जोड दिए । उनले नेपाली कांग्रेसले कार्लमाक्सले छोडेर गएको दर्शन नभई जननेता विपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई वदल्ने सामर्थ राख्ने बताए । नेपाल कांग्रेस समय अनुकुल आफुलाई बदल्ने संकल्पमा रहेको भन्दै त्यसमा आवद्ध हुन पनि उनले आग्रह गरे ।

कांग्रेस महासमिति बैठक अर्जुननरसिंह केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताउनुभएको छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य केसीले गुटउपगुटको अन्त्य नभएसम्म कम्युनिष्ट संग लड्न नसकिने भन्दै उनले विगतमा भएका गल्तीबारे विना पुर्वाग्रह समिक्षा गरिनुपर्ने बताए  । गुटउपगुट भन्दा पनि विधि, नीति र संस्थागत निर्णय गर्ने आधारशिला तयार हुनुपर्नेमा उनले जोड दिए ।

विवेक बन्दकी नराखी लोकतान्त्रिक पद्धतिबाट साझा निर्णयमा पार्टीको नेतृत्व जानुपर्ने उल्लेख गर्दे उनले महासमितिका सदस्यहरुबाट नेता होइन नीति, व्यक्ति होइन विचार र शक्ति होइन सत्यको पछाडि लाग्छु भन्ने संकल्प सहितको प्रतिवद्धता आउनुपर्ने बताए । उनले लोकतन्त्रको संरक्षण लोकतन्त्रवादी नेपाली कांग्रेसबाट मात्रै हुन सक्ने भएकाले त्यसका लागि पार्टी एकता अत्यावश्यक रहेको औल्याए ।

स्वइच्छाचारी ढंगले पार्टी चल्न नसक्ने भन्दै उनले हरेक पदाधिकारीहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने पद्धती बसाल्नुपर्ने बताए । गुट उपगुटकै कारण ३३ केजी सुन काण्ड र वाईडवडी खरिद लगायतका भ्रष्टाचारविरुद्ध प्रतिपक्षी दलको आवाज बुलन्द हुन नसकेको भन्दै उनले एकताको सवाललाई महासमिति बैठकले निर्णायक विन्दुमा पुर्याउनुपर्ने उल्लेख गरे । महासमिति बैठकले कम्युनिष्ट सत्तासंगको संघर्षको रणनीति बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताए । सम्बोधन गर्दे केन्द्रीय सदस्य महतले विना पुर्वाग्रह आन्तरिक समिक्षा गर्दै सबैमा आशा जगाउने गरि महासमिति बैठकले एकताको संदेश सहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताएका हुन् । प्रतिपक्षी दलको भुमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आईपुगेको भन्दै आत्मसमिक्षा सहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताए । पद र व्यक्ति तथा गुट भन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उनले जोड दिए । वर्तमान सरकारबाट निरास बनेकालाई आशा जगाउने गरि महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उनले गरे ।

उनले पुन सत्ताको नेतृत्वमा पार्टीलाई पुर्याएर मुलुकलाई सम्मुन्नत विकासको बाटोमा लैजानका लागि पार्टी भित्र पुर्नजागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गरे । गम्भीर छलफल र विचार विमर्श गरि नितिगत निर्णय लिने सवालमा महासमिति बैठक महत्वपुर्ण फोरम भएकाले सबै देशबासीलाई आशा जगाउने अवसरको रुपमा यसको प्रयोग गरिनुपर्ने उनले उल्लेख गरे ।

Logo