नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा सुरु

नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा सुरु भएको छ ।

सनिबारदेखि राजधानी काठमाण्डौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रको केहीवेर अघि सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो ।

उद्घाटन सत्र पछि सुरु हुने महासमिति बैठकमा आर्थिक, समसामयिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ ।

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक पुस ३ गते सम्म चल्ने छ । शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो ।

Logo