नेकपाको स्थायी समिति बैठक बस्दै

नेकपाको स्थायी समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

पार्टी एकता भएको सात महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुनेछ  ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

बैठकका लागि दुई अध्यक्ष केपी शर्मा ओेली र पुष्पकमल दाहाल प्रचण्डले मिलेर राजनीतिक दस्तावेज तयार पारेका छन् । दुवैले  सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

Logo