कांग्रेसको महासमिति बैठक आजदेखि शुरु

कांग्रेसको महासमिति बैठक आजदेखि शुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु हुदैछ । बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आज उद्घाटन हुदैछ।

प्रवक्ता विश्वप्रकाश शर्माले बैठक उद्घाटनको तयारी भैरहेको जानकारी दिए। बैठकको उद्घाटनपछि पुस १, २ र ३ गते बिहान बन्द सत्र चल्नेछ ।  बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालय सानेपामा महासमिति सदस्यको नामावली दर्ता भईसकेको उनले बताए ।

बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६ सय प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकमा बिभिन्न ५ विषयका प्रतिबेदन प्रस्तुत हुनेछ।  उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश  गर्नेछन।  विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ

बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ ।

Logo