नेकपाको सचिवालय बैठक पहिलो पटक आफ्नै कार्यालयमा

नेकपाको सचिवालय बैठक पहिलो पटक आफ्नै कार्यालयमा

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पहिलो पटक आफ्नै पार्टी कार्यालयमा बस्ने भएको छ। भोलि शनिबार बस्ने बैठक कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

बैठकमा सांगठनिक एकता र सरकारका कामको समीक्षा पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।यसअघि पार्टीका आन्तरिक बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार हुने गर्थ्यो।

यस अघि गत शनिबार बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगायतका नेताहरु ढिला गरि आएपछि ४ जना सचिवालय सदस्यहरुले बैठक बहिस्कार गरेका थिए।  बैठक बहिस्कार गर्नेहरुमा प्रबक्ता नारायणकाजी श्रेष्ठ,  बरिष्ठ नेता माधव कुमार नेपाल, बामदेव गौतम अर्का नेता झलनाथ खनाल थिए।

नेकपाले यस अघि नै निर्धारित समयमा नै बैठक बस्ने यसअघि निर्णय नै गरेको थियो ।

Logo