इञ्जिनीयरको निर्वाचन आज देशभर

इञ्जिनीयरको निर्वाचन आज देशभर

केन्द्रबिन्दु
0
Shares

नेपाल इञ्जिनियर्स एशोसिएसनको नयाँ नेतृत्वका लागि ३२औ कार्यकारिणी समितिको निर्वाचनको आज हुँदैछ । निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूहका दुई समूह प्रतिस्पर्धामा रहेका छन् ।

अध्यक्षमा प्रगतिशीलबाट प्रा. डा. त्रिरत्न बज्राचार्य र प्रजातान्त्रिकबाटतर्फ हीरण्यमान प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा देशभरि १४ स्थानमा मतदान हुँदैछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

केन्द्र कार्यकारिणी र सातवटै प्रदेशमा प्रथम प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन एकैसाथ भइरहेको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिए ।

केन्द्रीय कार्यकारिणीको १८ र प्रादेशिक कार्यकारिणीका लागि सातवटै प्रदेशमा १६ जनाको दरले निर्वाचन हुँदैछ । दुई वर्षको भइरहेको निर्वाचनमा १७ हजार इञ्जिनीयर मतदान गर्दैछन् । मतदान सकिएपछि आजै साँझबाट मतगणना हुनेछ ।

Logo