रामचन्द्र बोलिरहँदा देउवाले भने, ‘म त जितेर आएको हुँ, आफु हार्ने अनि मलाई भन्ने’

रामचन्द्र बोलिरहँदा देउवाले भने, ‘म त जितेर आएको हुँ, आफु हार्ने अनि मलाई भन्ने’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय कार्य समितिको बैठकमा अभद्र रुपमा प्रस्तुत भएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध अभद्र रुपमा प्रस्तुत भएका हुन् ।

बैठकमा नेता पौडेलले पार्टीको सांगठनिक र राजनीतिक प्रतिवेदन संशोधनको माग गरेका थिए । त्यस्तै केन्द्रीय सदस्य गगन थापाले पनि चुनाव गराएको जस लिने तर, हारको समीक्षा नगर्ने, भ्रातृ संगठनको अधिवेशन गराएको गर्व गर्ने तर, लथालिंग भएको अवस्थाप्रति मौन बस्ने भन्दै सभापति देउवाको आलोचना गरेका थिए ।

पौडेलले चुनावमा व्यहोरेको पराजयको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने तर्क अघि सारेका थिए । तर सभापति देउवा त्यत्तिकै प्वाक्क बोलेर ‘हार्ने आफु अनि मैले किन जिम्मेवारी लिने’ भन्दै पौडेलको प्रतिकार गरेका थिए । पौडेलको छेउमै बसेका देउवाले भने, ‘म त जितेर आएको छु, आफू हार्ने अनि मलाई भन्ने ?’

देउवाले त्यस्तो भन्दा पौडेलले आफू जितेर पार्टी हार्दा जिम्मेवारी लिनुपर्नेमा अभद्र रुपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाए । पौडेलले तत्कालीन माओवादीलाई एमालेसँग छुटाएर ल्याएकामा गर्व गर्ने तर, दुबै दलले पार्टी एकता गरेकोबारे मौन बसेको भन्दै असन्तुष्टि जनाएका थिए । त्यत्तिकैमा देउवाले ‘झुट बोल्ने’ भन्दै कड्किए । उनले ‘झुट बोल्ने मान्छेले कहिल्यै नेतृत्व गर्न सक्दैन’ भन्दै पौडेलमाथि खनिए ।

Logo