प्रचण्ड भन्छन्, ‘राजपाको माग सम्बोधन गर्न संविधान संशोधन गरिन्छ’

प्रचण्ड भन्छन्, ‘राजपाको माग सम्बोधन गर्न संविधान संशोधन गरिन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने बताएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको स्पष्ट पारे ।

बिहिबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।

अध्यक्ष दाहालले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दावी गरे । त्यस अवसरमा अध्यक्ष दाहालले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।

Logo