कांग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक

कांग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेको छ । यहि मंसिर २९ गतेबाट काठमाडौमा सुरू हुने महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेको हा ।

सिंहदरवार अगाडि रहेको यगम्बर पार्टी प्यालेसमा हुने बैठकका लागि २८ गते नै नाम रजिष्ट्रेशन गर्ने समय निर्धारण गरिएको कांग्रेसले जनाएको छ । अपरान्ह २ देखि ५ बजे सम्म पार्टी कार्यालयमा गएर रजिष्ट्रेशन गर्नुपर्नेछ ।

उद्घाटन कार्यक्रम भने २९ गते विहान ११ बजे हुने र सोही दिन बन्द सत्र सुरु हुने कांग्रेसले जनाएको छ । बन्द सत्र सोही पार्टी प्यालेसमा पुस ३ गते सम्म जारी रहने कार्यालय मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

Logo