संवैधानिक परिषदको बैठक अन्यौल

संवैधानिक परिषदको बैठक अन्यौल

केन्द्रबिन्दु
0
Shares

तीन पटकसम्म स्थगित भएको संवैधानिक परिषदको बैठक आज पनि अन्यौल भएको छ ।

बैठकमा प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा नजाने भएपछि बैठक अन्यौलपूर्ण बनेको हो । मंगलबारको बैठक पनि देउवा अनुपस्थित हुने भएपछि दुई पटक स्थगित भएको थियो।  त्यस अघि गत शनिबार बस्न लागेको बैठक पनि देउवाकै कारण स्थगित बैठक थियो।   बैठक शुरु हुँदै लाग्दा आफु पार्टीको कार्यसमिति बैठकमा जानुपर्ने भन्दै देउवा बाहिरिएपछि बैठक स्थगित भएको थियो।

कांग्रेस निकट स्रोतका अनुसार देउवा र प्रधानमन्त्री ओलीबीच आन्तरिक सहमति हुन् बाँकी छ । दुई नेता बीच आन्तरिक छलफलबिना  संवैधानिक परिषदको बैठकमा सहभागी नहुने देउवाले अडान लिएका छन् ।

त्यसो त आज देउवा र प्रधानमन्त्री ओलीबीच छलफल हुने बुझिएको छ।

नयाँ प्रधानन्यायधीश सिफारिस गर्नका लागि  संबैधानिक परिषद बैठक बस्न लागेको हो।  न्याय परिषद्ले प्रधानन्यायधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीको नाम पठाएको छ।  संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ ।

न्याय परिषद्लेले सिफारिस गरेका मध्ये जोशीलाई यस अघि नै संसदीय समितिले अस्वीकृत गरेका थिए।  यसअघि गत शनिबारलाई बोलाएको बैठक स्थगित भएको थियो।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउदै छन् ।

Logo