सिंहदरबारका ‘छाया शासक’ विष्णु रिमाल, सरकारदेखि प्रशासनसम्म उनकै दबदबा

सिंहदरबारका ‘छाया शासक’ विष्णु रिमाल, सरकारदेखि प्रशासनसम्म उनकै दबदबा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, त्यसमा सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’

स्रोतका अनुसार रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘बिफ्रिङ’ मा बोलाउँछन् । त्यसका लागि कार्यतालिका नै बनाएका छन् । दैनिक कम्तीमा एक सचिवलाई उनले ‘१० मिनेट तपाईंका लागि समय छुट्टाइएको छ’ भन्ने सन्देश पठाउँदै झिकाउने गर्छन् । र, मन्त्रीले दिनभर के–के गरे, मन्त्रालयका कामका प्रगति विवरण के छन् भन्दै रिपोर्टिङ लिन्छन् ।

धरहार पुनर्निमाणको टेन्डर गत भदौ १७ गते जिआइइटीसी÷रमन जेभीले पायो । ३ अर्व ४५ करोड रुपैया लागतको उक्त टेन्डरमा प्राविधकि प्रस्ताव ५ वटा कम्पनीका पास भएका थिए ।

त्यस्तैमा कुनै एकको कागजात शंकास्पद छ भनी कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुल्ला गर्ने कार्य रोकियो । स्रोतका अनुसार अन्त्यमा रिमाल आफैले कागजात सिधै प्रधानमन्त्री कार्यालयमा ताने । र, उनले चाहेको जिआइइटीसी÷रमन जेभीलाई टेन्डर दिलाए ।

मुख्य सल्लाहकार रिमालको कार्यशैली देशकै छायाँ ‘शासक’ का देखिन थालेको कर्मचारी मात्र होइन, नेकपाका नेताहरुसमेत बताउँछन् । उनले जे चाहँदैनन्, सिंहदरबाट त्यो सम्भव हुन छाडेको छ । ‘जे चाहन्छन्, त्यो भएरै छाड्छ’, एक मन्त्री स्वयं बिलौना गर्छन्, ‘सचिवको त कुरै छाडौं, हामी मन्त्रीसमेत उनको क्रियाकलापबाट आजित छौं ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Logo