प्रधानमन्त्रीलाई तारो बनाईरहेका बाबुरामको बाहिरियो यस्तो कर्तुत

प्रधानमन्त्रीलाई तारो बनाईरहेका बाबुरामको बाहिरियो यस्तो कर्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारको र्चातर्फी आलोचना भईरहेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकिरहेको बेला सबैले सरकार र प्रधानमन्त्रीको आलोचना गरिरहेका हुन् ।

हरेक कदमहरु चाल्दा सरकार आलाचित बन्दै गएको देखिन्छ । यो आलोचना गर्ने सबैभन्दा अग्रपंक्तिमा छन्, पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई । उनले सरकारका हरेक कदमको आलोचना गर्दै आएका छन् ।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बढी व्यस्त देखिन्छन् । सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीको आलोचना गर्दै आएका हुन् । निर्मला प्रकरणबारे टिप्पणी गर्दा डा. भट्टराईको विगतमा गरेको कालो कर्तुत बाहि आएको छ ।

मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला प्रकरणमा प्रहरीमाथि प्रश्न गर्दै ट्वीट गरे । तर, उनको ट्वीट उनैलाई भारी पपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला प्रकरणमा प्रहरीमाथि प्रश्न गर्दै ट्वीट गरे । तर, उनको ट्वीट उनैलाई भारी परेको छ ।

भट्टराई प्रधानमन्त्री हुँदा एउटा घटनामा निर्दोष व्यक्ति थुन्न प्रधानमन्त्री तहबाटै दबाव दिएको पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले खुलासा गरे ।

भट्टराईले ट्वीट गरे, ‘निर्मला प्रकरणमा यो दुई तिहाइको सरकार र संसारमा ‘बहादुर’ कहलिएको सुरक्षा संयन्त्रको जग हँसाइ देख्दा देश हेर्दाहेर्दै फेल्ड स्टेट हुने खतरा पो देखियो । हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो ? केही लाज भए बोलौं ।’

जवाफमा पूर्वएआईजी सुवेदीले उनलाई अनामनगरको एउटा आत्महत्याको घटना स्मरण गराएका छन्, जतिबेला भट्टराईले निर्दोष व्यक्तिलाई थुन्न दबाब दिएका थए । अनामनगरमा ३१ वर्षीया सरस्वती सुवेदीले मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाको अनुसन्धानका लागि तत्कालिन एसपी गणेश थापाको नेतृत्वमा डीएसपी मीरा चौधरी (हाल एसपी) सहितको टोली खटिएको थियो । टोलीले सुवेदीले आत्महत्या नै गरेको निश्कर्ष निकाल्यो ।

पोष्टमार्टम रिपोर्टले पनि त्यही संकेत गर्यो । तर, मानवअधिकारवादीले सडक तताउन थालेपछि तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले निर्दोष व्यक्तिलाई थुन्न दबाव दिएको पूर्वएआईजी सुवेदीको दाबी छ ।

डा. भट्टराईको ट्वीटको जवाफ फर्काउँदै उनले लेखेका छन्, ‘अनामनगरको एउटा आत्महत्याको घटनामा प्रहरी अनुसन्धानकर्ताहरुको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाईले जारी गरेको प्रधानमन्त्रीय दबाबमा एउटै परिवारका निर्दोष बाबुआमा र एसएलसी दिँदै गरेको किशोर छोरा प्रहरी अभियुक्तको रुपमा हनुमान ढोकामा २५ दिन थुनिँदाको प्रसंग के गर्ने नि ?’

उनको जवाफमाथि डा. भट्टराईले कुनै प्रतिक्रिया जनाएका छैनन् । त्यो घटनामा ‘प्रधानमन्त्रीको चाहना’ भन्दै निर्दोषलाई थुन्न प्रहरीलाई दबाव दिइएको पूर्वएआईजी सुवेदीको आरोप छ ।

त्यतिवेला कुवेरसिंह रानाले प्रहरीको नेतृत्व गरेका थिए भने महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा नवराज ढकाल एआईजी थिए । त्यो बेला एनजीओहरुको दबावमा निर्दोषलाई थुन्ने खोजेपछि आफुले डिफेन्स गरेको तर कसैले नटेरेको पूर्वएआईजी सुवेदीले बताए ।

Logo