काठमाडौंमा विद्युतीय सामग्रीहरुको प्रर्दशनी हुने

काठमाडौंमा विद्युतीय सामग्रीहरुको प्रर्दशनी हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा विद्युतीय सामग्रीहरुको पनि अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी पुस ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय स्तरको प्रर्दशनी गर्न लागिएको जानकारी गराएको हो ।

‘निक इलेक्ट्रो टेक–२०१८’ नाम दिइएको सो प्रर्दशनी विद्युत र विद्युतीय सामग्रीलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए । ४ दिनसम्म चल्ने प्रर्दशनीमा विदेशीसहित ७७ वटा स्टल रहनेछन ।

प्रर्दशनीमा ट्रान्समिसन तथा डिष्ट्रीब्यूसन सामग्री, इलेक्ट्रोनिक उपकरण, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रलगायतका सामग्रीहरु राखिनेछ । प्रर्दशनी १ लाखभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Logo