लागू औषध कारोबारमा संलग्न ३ जना पक्राउ

लागू औषध कारोबारमा संलग्न ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले लागू औषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध डाईजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुलसहित बाराकी पुनमकुमारी सहनी, पर्साका नरेश सहनी र पर्साकै सुवास सहनीलाई वीरगंजमा पक्राउ गरी काठमाडौं ल्याइएको जानकारी गराएको हो ।

प्रहरीको वान्टेड सूचिमै रहेका तीनै जनालाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले जानकारी दिए ।

उनीहरुले भारतबाट लागू पदार्थ नेपाल भित्रयाउने र यहाँबाट अन्यत्र मुलुकमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Logo