आदिवासी जनजातिद्धारा आन्दोलनको कार्यक्रम घोषणा

आदिवासी जनजातिद्धारा आन्दोलनको कार्यक्रम घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौति खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नु परेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए ।

महासंघले आदिवासी जनजातिहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय फिर्ता लिन सरकारलाई दवाव दिँदै आईरहेको छ ।
महासंघले सो विदा कटौति गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कार्यक्रम अनुसार मंसीर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दुतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारिमा रहेका छन ।

त्यसैगरी महासंघले पुस १ गते नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउनेछ ।

पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले बताए ।

महासंघले पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएर पनि आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय फिर्ता लिन सरकारलाई दिवाव दिनेछ ।

Logo