कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा सुरु

कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा पनि संचालनमा ल्याएको हो ।

सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यो सेवाले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण काम कार्वाहीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गरे । उनले कम्पनी रजिष्ट्रारको कार्यालयलाई आफ्नो कार्य सम्पादनमा पनि यसले सहज बनाउने उल्लेख गरे ।

त्यस अवसरमा मन्त्री यादवले श्रमको सम्मान गर्ने परिपाटीले मात्रै यस्ता सेवालाई प्रभावकारी ढंगले संचालन गर्न सकिने पनि बताए । कार्यक्रममा बोल्दै सो कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ईपेमेन्ट सेवा संचालन गरिएको बताए ।

हाललाई इपेमेन्ट सेवामार्फत् १ लाखसम्म पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । चालू आर्थिक वर्ष भित्र सबै आर्थिक कारोबार इपेमेन्टमार्फत् गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयको योजना छ ।

Logo