के निर्मला पन्तले न्याय पाउँलिन् ? (भिडियोसहित)

के निर्मला पन्तले न्याय पाउँलिन् ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यारा अझै पक्राउ परेका छैनन् । समय जति घर्किदै गईरहेको छ त्यस्तै घटना पनि थप रहस्यमयी बन्दै गईरहेको छ ।

सरकार हत्यारा पत्ता लगाउन लागिपरेको बताईरहेको छ भने सर्वसाधारण सरकारको चर्काे आलोचना गरिरहेका छन् । ‘निर्मलाका निम्ति न्याय’ अभियानले देशब्यापी रुपमा फैलिएको छ ।

निर्मला काण्डले थुप्रै घटना परिघटनाहरु जन्माए र अस्ताए तर पनि घटना रहस्यको गर्भमै लुकेको छ । ४ महिना बितिसक्दा समेत अपराधी सार्वजनिक गर्न नसक्दा सिंगो प्रहरी प्रशासनमाथि नै कालो धब्बा लाग्न थालेको छ ।

प्रहरीमाथि घटनाको प्रमाण नष्ट गरेको, सज्जन ब्यक्तिलाई अपराधी घोषणा गरेको, बर्खास्तीमा परेका प्रहरीहरुमाथि गहिरो अनुसन्धान नगरेको लगायतका आरोपहरु लाग्दै आएका छन् ।

यसै विषयमा हामीले आम सर्वसाधारणसँग जिज्ञासा राखेका छौं । प्रस्तुत छ, सर्वसाधारणसँग गरिएको भिडियो कुराकानी ।

Logo