संवैधानिक परिषदको बैठक फेरि सर्यो

संवैधानिक परिषदको बैठक फेरि सर्यो

केन्द्रबिन्दु
0
Shares

आज बिहान ११ बजे बस्ने भनिएको संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सरेको छ । बैठकले नया प्रधानन्यायधीश सिफारिस गर्ने कार्यतालिका छ ।

न्याय परिषद्ले प्रधानन्यायधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीको नाम पठाएको छ। यी दुई जना न्यायधिस बारे छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले सिफारिस गरेका मध्ये जोशीलाई यस अघि नै संसदीय समितिले अस्वीकृत गरेका थिए।  यसअघि गत शनिबारलाई बोलाएको बैठक स्थगित भएको थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउदै छन् ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री रहने प्रावधान रहेको छ ।

Logo