भ्रष्टाचारविरुद्ध नारायणकाजी आक्रामक, कालोमोसो दल्नुपर्ने अभिव्यक्ति

भ्रष्टाचारविरुद्ध नारायणकाजी आक्रामक, कालोमोसो दल्नुपर्ने अभिव्यक्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ भ्रष्टाचारविरुद्ध आक्रामक देखिएका छन् । पछिल्लो समय निकै नै चर्चामा रहेका प्रवक्ता श्रेष्ठले भ्रष्टाचारीलाई कालोमोसो दल्नुपर्ने बताएका हुन् । श्रेष्ठले भ्रष्टाचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै पर्खेर बस्नु नपर्ने उनको दावी छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै मिलेर भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने धारणा राखेका हुन् । ‘कानून र अख्तियारले कारवाही गर्दैन र गलत बाटोतर्फ लैजान खोजिन्छ भने विद्यार्थी, शिक्षक र सबै जनता मिलेर भ्रष्टाचारीलाई टेबलबाट निकालेर मोसो दलेर कारवाही गर्नुपर्छ’, प्रवक्ता श्रेष्ठले भने ।

राजनीति मात्रै होइन हरेक क्षेत्र, हरेक संगठन भ्रष्टाचारमुक्त नभएको बताए । ‘विद्यार्थी, शिक्षक, प्राध्यापक, नेता सबैले भ्रष्टाचारको विरोधमा नयाँ बहस चलाउनु आवश्यक छ’ उनले भने, ‘विद्यार्थी नै विद्यार्थी जस्ता छैनन् । युवा पनि युवा जस्ता भएनन् । विद्यार्थी नेता नै पैसा लिएर सम्बन्धन दिलाउन लागेका छन् ।’

Logo