अन्तर प्रदेश परिषदको बैठक आज पनि जारी, यस्तो छ कार्यतालिका

अन्तर प्रदेश परिषदको बैठक आज पनि जारी, यस्तो छ कार्यतालिका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अन्तर प्रदेश परिषदको बैठक आज पनि जारी रहेको छ । आईतबारबाट सुरु भएको बैठक आज सकिनेछ । हिजोको बैठकमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं. ३ का मूख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आफ्ना धारणा राखेका थिए । बाँकी तीनवटा प्रदेशका मुख्यमन्त्रीहरुले आजको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ।

हिजोको बैठकमा मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनमा देखिएका अप्ठयारा तत्काल हटाई दिन प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका थिए । संघीयता कार्यान्वयनका लागि आवश्यक कर्मचारी व्यवस्थापन, कानुन निर्माण र बजेटका लागि उचित व्यवस्था गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले प्रदेश सरकारले हालसम्म गरेको कामको प्रगति विवरण पनि प्रधानमन्त्री ओली समक्ष प्रस्तुत गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले प्रदेशमा विकास, निर्माणको कामलाई तीव्रता दिन आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सबै व्यवस्था गर्न ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

परिषदको पहिलो बैठकमा प्रदेश सरकारले आफ्ना समस्याबारे प्रधानमन्त्री ओलीलाई औपचारिक रुपमा र्बिफिङ गरिरहेका छन् । प्रधानमन्त्री स्वयम् अध्यक्ष रहेको परिषद बैठकले प्रदेश र संघीय सरकारबीचमा देखिएका समस्या तत्काल समाधान गर्ने अपेक्षा गरिएको छ । नयाँ सरकार र प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुको यस्तो गुहार

Logo