प्रकाशमान निवासमा पौडल पक्षधर नेताको भेला, देउवामाथि थप दबाब

प्रकाशमान निवासमा पौडल पक्षधर नेताको भेला, देउवामाथि थप दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले छुट्टै भेला गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षधरहरुले छुट्टै भेला गरेका हुन् । महासमिति बैठकमा पेश हुने संशोधित विधानका विषयमा धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् ।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, कमला पन्तलगायत नेताहरु सहभागी थिए ।

कांग्रेसमा पदाधिकारी संख्या बढाउने वा अहिलेकै कायम राख्ने, केन्द्रीय समिति संख्या, पार्टी सदस्यता, उमेर हदजस्ता विषयमा सभापति देउवा र पौडेल पक्षबीच मतभेद छ।

Logo