भारतीय मूख्यमन्त्री आदित्यनाथको भब्य स्वागत गरौ- कांग्रेस

भारतीय मूख्यमन्त्री आदित्यनाथको भब्य स्वागत गरौ- कांग्रेस

केन्द्रबिन्दु
0
Shares

कांग्रेस उपसभापति बिमलेन्द्र निधिले विवाहपञ्चमीको अवसरमा जन्ती बनेर आउन लागेका भारत उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको स्वागतमा जुट्न जनकपुरस्थित पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।

अयोध्याबाट आउने साधुसन्तसहितको जन्तीलाई जटही नाकामा र सबै अथितिलाई जनकपुरमा पार्टीका तर्फबाट स्वागत गर्न निधिले निर्देशन दिएका छन् । धनुष कांग्रेसका पदाधिकारी तथा सदस्य र प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलाई फोन गरी निर्देशन दिएको निधिका स्वकीय सचिब विश्वास विक्रमले बताए ।

निधिले यसअघि आदित्यनाथबाट जयनगर–जनकपुर कुर्था रेलवे उदघाटन गराउन खोजिएको भन्दै विरोध गरेका थिए । योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा मंसिर २६ गते जन्ती बनेर जनकपुर आउने कार्यक्रम छ । कान्तिपुर दैनिक

Logo