बैठकमै जाँदैनन् देउवा र प्रचण्ड, अरु हाजिर गर्दै फर्कंदै

बैठकमै जाँदैनन् देउवा र प्रचण्ड, अरु हाजिर गर्दै फर्कंदै

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।तर पछिल्लो चरणमा ती समितिका बैठकमा शीर्ष नेताहरुले चासो देखाउन छाडेका छन् । उनीहरुको बेवास्ताले समितिको गति नै रोकिएको छ ।

आफ्नो समितिको बैठकमा अहिलेसम्म एकपटक पनि नजानेमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल हुनुहुन्छ । समिति बैठकमा उपस्थित सदस्य पनि धेरैजसो हाजिर गरेरै हिँड्ने गरेका छन् । हाजिर गरेबापत संसदको बैठक बसेसरहकै सुविधा हुने गरेको छ तर एकैदिन समिति र संसद् बसे पनि एउटामात्र सुविधा उपलब्ध हुने गरेको छ ।  नेपाल समाचारपत्र

Logo