कांग्रेसलाई सरकारको प्रश्न, ‘निर्मला हत्यारा पत्ता लाग्यो, फेरि पनि आन्दोलन गर्छौ कि ?’

कांग्रेसलाई सरकारको प्रश्न, ‘निर्मला हत्यारा पत्ता लाग्यो, फेरि पनि आन्दोलन गर्छौ कि ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको बताएका छन् ।

७० औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने सम्भावना रहेको बताए ।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दे उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने सम्भावन रहेको बताए ।

सरकारले पन्तको हत्यारा पत्ता लगाईसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उनले भने, “विधिसम्बत ढंगले सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला ।”

प्रतिपक्षीदलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे । उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी दिए ।

उनले भने, “निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो अपराधीबाहिर ल्याउदायीमध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन । ”

राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभुतिमा सरकारका काम कारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए । त्यस्तै कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषिलाई पक्राउ गर्न दबाब दिदै युवाहरुले राजधानीमा सडक नाटक गरेका छन् ।

निर्मलालाई न्याय अभियानमा शनिबार राजधानीको माईतिघर मण्डलामा स्वतः स्फुर्त रुपमा निस्केका युवाहरुले निर्मलाको फोटो सहित सरकार भेटियो न्याय भेटिएन लेखिएको पोस्टर बोकेका थिए ।

४ महिना भईसक्दा पनि घटनामा संलग्न दोषि पत्तालगाउन नसकेको भन्दै युवाहरुले दैनिक जसो दबाब मुलकविरोध प्रर्दशन गर्दे आएका छन् । शनिबार निकालिएको दबाब र्‍यालीमा उल्लेख्य संख्यामा युवाहरु सहभागी भएका थिए ।

उनीहरुले असक्षम गृहमन्त्री राजीनामा दे, गोर्खालीको देशमा न्यायको अनिकाल, प्रहरी ः प्रमाण जुटाउनका लागिकी मेटाउन, म निर्मलामलाई न्याय चाहियो लगायतनारा लगाएका थिए । र्‍यालीपछि युवाहरुले नयाँ बानेश्वर पुगेर सडक नाटक गरेका हुन् । सडक नाटकमा निर्मलाको कसरी हत्या गरिएको थियो भन्ने देखाईएको थियो ।

Logo