प्रधानमन्त्री ओली र प्रचण्डले देशलाई गति दिन सक्दैननः पूर्व राजनीतिज्ञ बद्री प्रसाद खतिवडा (भिडियोमा)

प्रधानमन्त्री ओली र प्रचण्डले देशलाई गति दिन सक्दैननः पूर्व राजनीतिज्ञ बद्री प्रसाद खतिवडा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अहिले प्रत्यक नेपालीहरुको मुख मुखमा झुन्डिएको नाम हो श्रृंखला खतिवडा । मिस वर्ल्डको फाइनल चरणसम्म प्रवेश गरेकी श्रृंखलाले नेपालमा मिस वर्ल्डको ताज लिएर आउछिन ? वा आउँदिनन् त्यो भने आज थाहा हुँदैछ । नेपालका पुराना राजनीतिज्ञ बद्री प्रसाद खतिवडा तिनै श्रृंखलाका हजुरबुवा हुन् ।

नेपाली राजनीतिको क्षेत्रमा सात सालको प्रजातन्त्रदेखि गणतन्त्र सम्मको अनुभव संगालिसकेका उनी वर्तमान सरकारको कामकारवाही पनि नियालिरहेका छन् । उनकै भाषामा भन्नुपर्दा केपी ओली नेतृत्वको सरकारले गरिरहेका कामकारवाही त्यति सन्तोषजनक छैन् ।

उनले हाल नेकपा एमाले र नेकपा माओवादी पार्टीहरु एकजुट भएर बनेको नयाँ पार्टी (नेकपा) ले गरिरहेको निर्णय उचित नभएको बताए । बिपीले भारतमा बसेर गरेको आन्दोलन असफल भएको र पुष्प कमल दाहाल (प्रचण्ड) ले १० वर्ष भारतमा गएर गरेको आन्दोलन पनि सफल नभएको उनको दावी छ ।

अहिलेको सरकारले जनताको आशलाई मारेर लाचार काम गरिरहेको पनि उनले बताए । बाँकि भिडियोमा…..

Logo