नेकपाको सचिवालय बैठक आज बस्ने

नेकपाको सचिवालय बैठक आज बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक (शनिबार) आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि तय भएको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुनु परेकाले शुक्रबार बस्ने भनिएको बैठक स्थगित भएको थियो । सचिवालयको बैठक नबस्दा सरकार र पार्टीका काममा अन्यौलता देखिएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।

शनिबार बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफक समिटमा सरकारको संलग्नताका विषय लगायतमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

Logo