प्रधानमन्त्रीलाई सचेत गराउँदै कांग्रेसले भन्यो : आफ्नो बोलीको हेक्का राख्नुहोस्

प्रधानमन्त्रीलाई सचेत गराउँदै कांग्रेसले भन्यो : आफ्नो बोलीको हेक्का राख्नुहोस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

नेपाल टेलिभिजनको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेको अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

एक आइएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सह–आयोजना एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको सन्दर्भप्रति सार्वजनिक रुपमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले “आफूले जवाफ दिए बुद्धिजीवि थला पर्ने” भनेको प्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले प्रधानमन्त्रीले प्रयोग गरेको वाक्यांश चेतावनीको शैलीमा आएको ठहर गरेको छ । सँगै उसले यो अभिव्यक्तिका शब्दले संविधानको धारा १७ को उपधारा २ ‘क’ ले निर्दिष्ट गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता भन्ने शब्द भावना र मर्मको विल्कुलै विरुद्ध रहेको बताएको छ । कांग्रेसले भनेको छ, ‘आफ्नो पदीय गरिमाको हेक्का राख्न यो बैठक प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छ ।’

यसैगरि काँग्रेसले कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषि खोजी गर्दै न्यायको माग गरेर प्रकाशित गरिएका उनको तस्वीर अंकित पोष्टरहरु प्रहरी लगाई च्यातिएको घटनालाई भत्र्सना गर्दै यो बैठक सो घटनालाई विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधान प्रदत्त अधिकार माथिको हस्तक्षेप ठहर गर्दछ , भनेको छ । केन्द्रीय कार्यसमितिको बैठक आज ०७५ मंसिर २२ गते शनिबार विहान ९ः०० बजे पुनः बस्नेछ ।
अन्नपूर्णबाट

Logo