जनताको समृद्धि नै सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री ओली

जनताको समृद्धि नै सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको समृद्धि नै सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सरकारले राष्ट्रिय एकतामा जोड दिएको दावी पनि गरे । शुक्रबार राष्ट्रिय योजना आयोग अन्तरगतको दीगो विकास लक्ष्य केन्द्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रणाली भित्र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुकको विकास र समृद्धिको यात्रालाई अघि बढाउने काममा केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक सम्बन्धलाई विश्वासको आधारमा लाभयुक्त बनाउन चाहेको पनि स्पष्ट पारे । उनले मुलुकको समृद्धिका लागि बाह्य लगानी भित्र्याउन सरकारले स्पष्ट नीति लिएको दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्वद्र्धन गर्न सामाजिक न्यायसहितको मूल्य मान्यतालाई लागू गर्नु परेको पनि स्पष्ट पारे ।

Logo