नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट

नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ ।

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएको थियो । सो निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ । रासस

Logo