मधेशलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने सीके राउत पूर्पक्षका लागि जेल चलान

मधेशलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने सीके राउत पूर्पक्षका लागि जेल चलान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्वतन्त्र मधेशको नारा लगाउँदैं आएका सीके राउतलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउतलाई जेल चलान गरिएको हो ।

जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रहरीले जनाएको छ ।

यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए । उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेको थियो । तर, सर्वोच्चले राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले जानकारी दिए ।

यसअघि पनि उनी पक्राउ पर्दै छुट्दै गरेका थिए । स्वतन्त्र मधेशको नारा लगाउँदैं मधेशलाई नेपालबाट अलग गर्नुपर्ने धारणा राख्दैं आएका थिए ।

Logo