घाम तापेर बस्ने कर्मचारीलाई कडा कार्वाहीः मन्त्री पण्डित (भिडियोसहित)

घाम तापेर बस्ने कर्मचारीलाई कडा कार्वाहीः मन्त्री पण्डित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सरकारले पुस मसान्त भित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी समेत गरे ।

उनले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजनसम्बन्धि ऐन मन्त्रीपरिषद बैठकमा पेश गरिएको पनि स्मरण गराए ।

संघ, प्रदेश र स्थानीय तहबीचमा देखिएको समस्याबारे छलफल गर्न बुधबार आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारीलाई कर्मक्षेत्रमा पनि निष्पक्ष रुपमा खटाउने प्रतिवद्धता व्यक्त गरे ।

Logo