प्रधानमन्त्रीले पाएको पुरस्कारमा १ लाख डलर थपेर कोष बनाईने

प्रधानमन्त्रीले पाएको पुरस्कारमा १ लाख डलर थपेर कोष बनाईने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्रीले सुशासन अवार्डमा पाएको एक लाख डलरमा त्यतिकै थपेर सरकारले कोष खडा गर्ने भएको छ । हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाईने भएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त कोष बनाउने सम्बन्धी निर्णय गरेको हो ।

युनिभर्सल पीस फेडरेशनले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले तत्कालै सो रकम सरकारलाई दिने घोषणा गरेका थिए । उक्त रकमबाट कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताएका थिए ।

प्रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा खर्च गरिनेछ ।

Logo