कांग्रेस बैठक अझै केही दिन लम्बिने सक्ने

कांग्रेस बैठक अझै केही दिन लम्बिने सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विधान मस्यौदा माथि छलफल गर्न बसेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै केही दिन चल्ने भएको छ । गत विहीवार देखि जारी बैठकमा विधान संशोधन समितिले बुझाएको मस्यौदा माथि छलफल भइरहेको छ ।

काँग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईका अनुसार विधान मस्यौदामाथि आधा केन्द्रिय सदस्यहरुले धारणा राख्न बांकी भएकोले अझै केही दिन लम्बिन सक्छ । केन्द्रिय समितिले पारित गरेको मस्यौदा महासमिति बैठकमा पेश गरिने छ । विधान संशोधन प्रमुख एजेण्डा सहित मंसिर २८ देखि पुस ३ सम्म महासमिति बैठक आव्हान गरिएको छ ।

महासमिति बैठकमा पेश हुने राजनीतिक र आर्थिक प्रतिवेदन पनि एक÷दुई दिनमा केन्द्रिय समितिमा पेश गर्ने तयारी भैरहेको छ ।

उपसभापति विमलेन्द्र नीधिको संयोजकत्वमा गठीत समितिले राजनीतिक प्रतिवेदन लेखन कार्य अन्तिम अवस्थामा पु¥याएको छ भने सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको समितिले आर्थिक प्रतिवेदन लेख्ने काम करिब टुङ्गाएको छ । यी दुवै प्रतिवेदन मस्यौदा समिति मार्फत केन्द्रिय समितिमा पेश हुने र त्यहा छलफल गरि पारित गर्नुपर्नेछ ।
नेपाल समाचारपत्रबाट

Logo