नेकपाको प्रदेश कमिटीको नामावली सार्वजनिक, सातै प्रदेशमा को-को परे ? (सूचीसहित)

नेकपाको प्रदेश कमिटीको नामावली सार्वजनिक, सातै प्रदेशमा को-को परे ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक भएको छ । गत १२ गते बसेको नेकपा सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक भएको हो । नेकपाले सातै प्रदेशमा १ हजार ३ सय ८४ सदस्यीय कमिटी बनाएको छ ।

जसमा साविक एमालेबाट ७ सय ३९ जना र साविक माओवादी केन्द्रबाट ६ सय ४५ जना रहेका छन् । नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो ।

नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन ।

नेकपाले प्रदेश १ मा २ सय ७ सदस्यीय प्रदेश कमिटी बनाएको छ । प्रदेश १ मा साविक एमालेबाट १ सय २२ र माओवादी केन्द्रबाट ८५ सदस्य रहेका छन् । त्यस्तै प्रदेश २ मा भने २ सय १५ सदस्यी प्रदेश कमिटी बनेको छ । जसमा एमाले र माओवादी केन्द्रबाट समान १ सय ६ सदस्य छन् ।

प्रदेश ३ मा भने २ सय १७ सदस्य प्रदेश कमिटीमा परेका छन् । जसमा एमालेबाट १ सय १६ र माओवादीबाट १ सय १, १ सय ८७ सदस्यीय गण्डकी प्रदेशमा एमालेबाट १ सय २ र माओवादीबाट ८५ जना परेका छन् ।

२ सय ३ सदस्यीय बनेको प्रदेश ५ को कमिटीमा एमालेबाट १ सय ६ र माओवादीबाट ९७, १ सय ७५ जना रहेका कर्णाली प्रदेशमा एमालेबाट ८७ र माओवादीबाट ८८ जना परेका छन् । कर्णाली प्रदेशमा साविक माओवादी केन्द्रका बढी सदस्य परेका छन् ।

सुदूरपश्चिम प्रदेशको कमिटी भने १ सय ८३ सदस्यी बनेको छ । जसमा १ सय जना एमाले र ८३ जना तत्कालिन माओवादी केन्द्रबाट परेका छन् ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोसः

 

Logo