मानसिक रोगीहरुको माग

मानसिक रोगीहरुको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारसँग माग गरेको छ ।
संगठनले मानसिक स्वास्थ्य सेवालाई सरकारको विद्यमान स्वास्थ्य सेवा भित्र समावेश गर्न ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरेको छ ।

विश्व अपांगता दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संगठनका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले मानसिक रोगीहरुलाई सामाजिक सुरक्षा दिन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे ।

संगठनले समयमै उपचार नपाएका कारण मानसिक स्वास्थ्य रोगीहरु आत्महत्या गर्न पुगेको निष्कर्ष समेत निकालेको छ । संगठनका कार्यकारी निर्देशक देवकोटाले मानसिक स्वास्थ्य समस्या हल गर्दै जान सबै तहको सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । नेपालमा हाल २० लाख मानिसहरु मानसिक रोगको शिकार भएको संगठनको दावी छ ।

Logo