नेपाल–बंगलादेश उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु

नेपाल–बंगलादेश उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धि हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा सोमबारबाट सुरु भएको हो ।

बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शैख फैजुल अमिनले गरेका छन् ।

बैठकमा अन्तरदेशीय प्रशारण लाईन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत खरिद र नवीकरणीय उर्जामा सहकार्य गरेर ५ वटा मुख्य एजेन्डामा छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिए ।

बंगलादेशका विद्युत, उर्जा तथा खनिज स्रोत सहसचिव अमिनले बैठकमा नेपालको जलविद्युत क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तृत छलफल हुने बताए ।

दुवै मुलुकबीच उर्जा व्यापार र लगानीको सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयनका लागि बैठक सुरु भएको हो । आजको बैठकले एजेन्डा तय गरेपछि भोली पुन दुवै देशको उर्जा सचिव स्तरीय बैठकबसी त्यसलाई मूर्तरुप दिने योजना रहेको छ ।

गत भदौमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणका गएको बेला दुई मुलुकबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो । सोही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो ।

उर्जा संयन्त्रको बैठकमा बंगलादेशले नेपालको जलविद्युत र नेपालले बंगलादेशबाट खाना पकाउने ग्याँस खरिद गर्ने मोडालिटीका विषयमा पनि छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

Logo