काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । "/>

आखिर किन घेरियो कांग्रेस पार्टी कार्यालय ? (भिडियोसहित)

आखिर किन घेरियो कांग्रेस पार्टी कार्यालय ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ ।

नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघका नेता, कार्यकर्ताले आईतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका हुन ।

त्यस क्रममा उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए ।

संघले पार्टी केन्द्रिय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए ।

Logo