वर्ष अगाडि दशरथ चन्द नगरपालिकाले बैतडी सदरमुकामस्थित बजार क्षेत्रमा जडान गरेका सडक सौर्य बत्ती बिग्रिदै जान थालेका छन् । "/>

सौर्य बत्ती दुई वर्षमै बिग्रिए

सौर्य बत्ती दुई वर्षमै बिग्रिए

केन्द्रबिन्दु
0
Shares

वर्ष अगाडि दशरथ चन्द नगरपालिकाले बैतडी सदरमुकामस्थित बजार क्षेत्रमा जडान गरेका सडक सौर्य बत्ती बिग्रिदै जान थालेका छन् । नगर क्षेत्रमा रातिको समयमा सडकमा अध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सौर्य सडक बत्ती जडान गरिएको सडक सौर्य बत्ती बिग्रिदै जान थालेका हुन् ।

सदरमुकाम गढीमा आर्थिक वर्ष २०७३/७४ मा जडान गरिएका सडक सौर्य बत्ती बिग्रिदै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, शत्रुमर्दन गुल्म तथा जिल्ला निर्वाचन कार्यालय अगाडि चोकमा रहेको सडक सौर्य बत्ती चार महीना अगाडि बिग्रिएको स्थानीयवासी दीपक सिनालले जानकारी दिए ।

बिग्रिएका बत्ती मर्मतका लागि दशरथ चन्द नगरपालिकालाई पटक ÷पटक आग्रह गरिएको भए पनि कुनै पहल हुन नसकेको उनले बताए । बत्ती बिग्रदा रातिको समयमा हुने आपराधिक क्रियाकलाप बढ्ने खतरा बढेको छ ।

शाहिलेक बजारमा रहेका तीन वटा सडक बत्ती पनि बिग्रिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए । सौर्य बत्ती के कति कारणले बिग्रिए भन्ने थाहा हुन नसकेको भए पनि मर्मतका लागि नगरपालिकाले पहल थालेको उनको भनाइ छ ।

प्राविधिक जिल्ला बाहिर रहेकाले केही दिनमै मर्मतको काम अगाडि बढाइने नगरपालिकाले जनाएको छ । चिसोका कारण ब्याट्री र चार्ज कन्ट्रोलरको कनेक्सन तार छुट्ने भएकाले सडकका सौर्य बत्तीमा समस्या आएको नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले जानकारी दिए । बैतडी सदरमुकाममा पहिलो पटक सडक सौर्य बत्ती जडानको कार्य रु ५५ लाखमा सम्पन्न भएको थियो । रासस

Logo