काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण संग्रह गरिएको पुस्तक प्रकाशित भएको छ । भाषण संग्रह ‘माइ भिजन’ को दोस्रो संस्करण प्रकाशित भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । "/>

प्रधानमन्त्रीका भाषण समेटिएको पुस्तक ‘माइ भिजन’ प्रकाशित

प्रधानमन्त्रीका भाषण समेटिएको पुस्तक ‘माइ भिजन’ प्रकाशित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण संग्रह गरिएको पुस्तक प्रकाशित भएको छ । भाषण संग्रह ‘माइ भिजन’ को दोस्रो संस्करण प्रकाशित भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले एसिया प्यासिफिक समिटमा सहभागी हुन आएका विदेशी पाहुनालाई ओलीले उक्त पुस्तक प्रदान गरेको जनाएका छन् ।

म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसहित सात विदेशी अतिथिलाई प्रधानमन्त्रीले पुस्तक प्रदान गरेको रिमालले ट्विटमार्फत जानकारी दिए ।

यसअघि उनको पहिलो प्रधानमन्त्रीकालका ६० भाषण समेटिएको पुस्तक ‘सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली’ प्रकाशित भएको थियो । उक्त पुस्तक चिनियाँ भाषासमेत प्रकाशित छ।

यसपटक ओलीको पुस्तकको नाम ‘माइ भिजन, प्रस्परस नेपाल, ह्यापी नेपाली’ राखिएको छ। दोश्रो संस्करणमा पूराना र नयाँ भाषण समेटिएको छ । २०७३ को माघमा प्रधानमन्त्री ओलीले आफ्नो भाषण संग्रह विमोचन गर्दै ‘उखान टुक्के भन्नेहरुलाई किताब पढ्न’ सुझाएका थिए ।

Logo