एशिया प्रशान्त शिखर सम्मेलनमा के भने ओलीले ?(भिडियोसहित)

एशिया प्रशान्त शिखर सम्मेलनमा के भने ओलीले ?(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय, शान्ति, समानता, विकास र सम्वृद्धिको पक्षमा हातेमालो गर्नुपर्ने बताएका छन् ।

सनिबार काठमाण्डौमा सुरु एशिया प्रशान्त शिखर सम्मेलन २०१८ को उद्घाटन सत्रलाई विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, जलवायु परिर्वतन तथा स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि एशियाली मुल्य र मान्यताका साथ सहकार्य बढाउन सहभागी राष्ट्र प्रमुखहरुलाई आव्हान गरे ।

जलवायु परिर्वतन विकास र मानवीय अस्तित्वका लागि नै चुनौतिको विषय भएकाले हिमालहरु पग्लने क्रम रोक्ने उपायबारे पनि सोच्नुपर्ने बताए ।

संविधान निर्माण र संघीय निर्वाचन पछि मुलुक विकास र सम्वृद्धिको बाटोमा अघि बढेको भन्दै उनले नेपालको शान्ति प्रक्रियाबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए ।

सम्मेलनमा आधादर्जन मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागीता रहेको छ । सम्मेलनमा सहभागी हुन आएकी म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको नेपालको औपचारिक भ्रमण समेत भएकाले उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग औपचारीक भेटवार्ता गरिसकेका छन् ।

 

Logo