राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Logo