शृंखलाको बारेमा के भन्छन् आमाबुवा ? (भिडियो कुराकानी)

शृंखलाको बारेमा के भन्छन् आमाबुवा ? (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

यतिबेला प्राय नेपालीको मुखमा झुण्डिएको एउटै नाम हो, श्रृंखला खतिवडा । मिस नेपाल २०१८ को विजेता श्रृंखला यतिबेला मिस वल्र्डको प्रतिस्पर्धामा छिन् । विगतका मिस वर्ल्डमा भाग लिने मिस नेपाल भन्दा श्रृंखलाको चर्चा बढी छ ।

उनलाई मिस वर्ल्डको दावेवार पनि मानिएको छ । उनी नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, म्यानमार लगायत अन्य देशमा चर्चित बनेकी छन् । उनले अहिलेसम्म सबैभन्दा बढी भोट पाएकी छन् । मल्टिमिडिया अवार्डको दावेवारमा उनी सबैभन्दा अगाडि छिन् । उनलाई अहिलेसम्म कसैले पनि पछ्याउन सकेका छैनन् ।

त्यसले गर्दा पनि उनी मिस वर्ल्डको दावेदार मानिएकी हुन् । उनी सानैदेखि पढाईमा अव्वल श्रृंखला इन्जिनरिङकी विद्यार्थी हुन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन्। उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

उनका हजुरबा बद्री प्रसाद खतिवडा पनि पूर्व राजनीतिज्ञ हुन् । उनी यो पटक मिस वल्र्ड नेपालले जित्ने दावी गर्छन् । आफ्नो नातिनी सानैदेखि हरेक क्षेत्रमा अब्बल रहेकाले यो पटकको मिस वर्ल्ड श्रृंखलाले नै जित्ने विश्वास रहेको बताउँछन् ।तर आज हामीसँग भएको भलाकुसारीमा शृंखलाका आमाबुवाले कुनै क्षेत्र, प्रदेश र रानीतिसँग नजोडिकन नेपालीको नाताले शृंखलालाई जिताउन अनुरोध गरेका छन् ।

Logo