सुटुक्क कांग्रेस महामन्त्री कोइराला निवास पुगे भारतीय नेता

सुटुक्क कांग्रेस महामन्त्री कोइराला निवास पुगे भारतीय नेता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा सांसद शत्रुधन सिन्हा सुटुक्क नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला निवास पुगेका छन् ।

बलिउड अभिनेता समेत रहेका नेता सिन्हा शुक्रबार टोखास्थित कोइरालानिवास पुगेका हुन् । उनीसँग भारतीय नेता यशवन्त सिन्हा पनि साथमा छन् । गान्धी जयन्तीका अवसरमा उनीहरू काठमाडौं आएका हुन् । यशवन्त सिन्हा भारतका पूर्वअर्थ मन्त्री पनि हुन् । उनी तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरका पालामा अर्थ मन्त्री थिए ।

भारतीय फिल्म उद्योगमा लामो समयसम्म काम गरेका शत्रुधन सिन्हा बिहारबाट भारतीय जनता पार्टीमा २०१४ मा निर्वाचित भएका थिए । उनी अभिनेत्री सोनाक्षी सिन्हाका बाबु हुन् ।

भेटमा सिन्हाले भारतको स्वतन्त्रताको आन्दोलनमा नेपालको कोइराला परिवारले पुराएको योगदानको स्मरण गरेका थिए । नेपाल–भारत सम्बन्ध राजनीतिक स्तरमा बलियो भएपनि जनस्तरमा अझ बलियो हुन नसकेको बताए ।

कांग्रेसका नेता तथा कोइरालानिकट कार्यकर्ता टोखास्थित निवासमा सिन्हाको स्वागतका लागि पुगेका थिए । सिन्हा र कोइरालाबीच राजनीति, सांस्कृतिक र आपसी सद्भावका विषयमा कुराकानी भएको कांग्रेस नेता सुदर्शन आचार्यले जानकारी दिए ।

Logo