निर्मला काण्डमा सरकारलाई राष्ट्रसंघको यस्तो चेतावनी

निर्मला काण्डमा सरकारलाई राष्ट्रसंघको यस्तो चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा संयुक्त राष्ट्रसंले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटना भएको ४ महिना वितिसक्दा पनि निर्मलाका हत्यारा पत्ता लाग्न नसकिरहेका बेला राष्ट्रसंघले सरकारको कदम प्रति आशंका गरेको छ । नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेकी डुब्राभ्का सिमोनोभिकले छानविनमा सरकारले कमजोरी गरेको बताएकी छन् ।

‘युएन स्पेसल र्‍यापोटर अन भायलेन्स अगेन्स्ट वुमन’ सिमोनोभिकले निर्मला बलात्कार तथा हत्या सम्बन्धी छानबिनमा नेपाल सरकारको कमजोरी उनको अन्तिम रिपोर्टमा समावेश हुने बताएकी हुन् । सिमोनोभिकले बिहीबार पत्रकारहरुसँग भनिन्, ‘निर्मला प्रकरणमा सरकारको कदमले विभिन्न आशंका उठाएको र त्यो पक्षलाई आफ्नो अन्तिम प्रतिवेदनमा समावेश गर्नेछु।’

त्यस्तै अघोषित रुपमा सरकार र देखिने केही मानवअधिकारवादी नेताहरुको गोप्य पहलमा संक्रमणकालीन न्यायका लागि विशेष संयन्त्र बनाउन भइरहेको दावी गरिन् । उनले यस्तो कदमप्रति खेद प्रकट गरेकी छन् । राष्ट्रसंघ प्रवेश गरेको र उसले निश्चित मापदण्ड तय गरिसकेपछि त्योभन्दा फरक ढंगले संक्रमणकालीन न्यायबारे प्रतिपादन गर्ने कार्य राष्ट्रसंघका लागि आपत्तिजनक मानिने उनको भनाई छ ।

खासगरी सत्ताधारी नेकपासँग नजिक मानिएका केही मानवअधिकारवादी नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई विस्थापित गरी अर्को उच्चसंयन्त्र बनाउने खेल भईरहेको भन्दै सिमोनोभिकले सरकारलाई कडा चेतावनी दिएकी हुन् ।

Logo