कांग्रेस जिल्ला सभापति भेलामा ३८ बुँदे घोषणापत्र जारी

कांग्रेस जिल्ला सभापति भेलामा ३८ बुँदे घोषणापत्र जारी

केन्द्रबिन्दु
0
Shares

नुवाकोट
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुर्इ दिने भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै बिहिबार सम्पन्न भएको छ ।

नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले पार्टीको विधान मस्यौदा समिति र समसामयिक राजनीतिक घटनालाई समेटेर ३८ बुँदे घोषणापत्र जारी गरेको हो । जिल्ला सभापतिका सुझाव अनुसार जिल्ला संसदीय बोर्डले स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारको सिफारिस केन्द्रीय संसदीय बोर्डले गर्नुपर्ने सुझाव दिइएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केशीले बताए ।

सुझावमा पदाधिकारीको संख्या बढाउनु पर्ने, मनोनीत गर्नुपर्ने अधिकार केन्द्रीय सभापतिदेखि टोल सभापति सम्मलाई समान रूपले दिने व्यवस्था गर्नुपर्ने, माथिल्लो सदस्यले मनोनीत गर्ने मध्ये २ कार्यकाल पूरा गरेका तल्लो निकायका सभापतिहरू मध्येबाट २५ प्रतिशत रहनुपर्ने, समानुपातिकबाट एकपटक मात्र अवसर दिइनु पर्ने लगायतका सुझावहरू दिईएको खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठले बताए ।

भेलाले नेपाली काँग्रेसको सबै तह र संगठनलाई लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघीयता, विधिको शासन, मानवअधिकार, लगायतका विश्वव्यापी लोकतन्त्रिक मूल्य मान्यताको संरक्षणमा सजग र सचेत रहन अपिल गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडी बढ्न सबैलाइै आग्रह गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo