भिडियोमा हेर्नुहोस आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्रीको काठमाडौं यात्रा

भिडियोमा हेर्नुहोस आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्रीको काठमाडौं यात्रा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी काठमाडौं आईपुगेकी छन् । नोबेल पुरस्कार विजेता नेतृ सुकी ‘एसिया प्यासिफिक समिट’ मा भाग लिन बिहिबार बिहान काठमाडौं आईपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए । नेतृ सुकीको पहिलो औपचारिक नेपाल भ्रमण भएकाले उनको भ्रमणको व्यवस्था नेपाल सरकार आफैंले गरेको छ । त्यस अवसरमा विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सुकीलाई सम्मान गारत समेत अर्पण गरेको थियो ।

त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं आएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु हुने एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहिबार काठमाडौं आईपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए । उनलाई पनि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री सेनको सम्मानमा सलामी अर्पण समेत गरेको थियो ।

Logo